२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकता सुदृढ गर्नुपर्ने ओलीको जोड, असन्तुलित अभिव्यक्तिप्रति आपत्ति

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकता मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै अस्वस्थ मानसिकता र अभिव्यक्तिहरूले संगठनात्मक हितमा असर पार्ने बताएका छन्।

सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही नेताहरूबाट पार्टी सुधारका नाममा चरम किसिमका अभिव्यक्ति आउने गरेको उल्लेख गरे। उनले यस्ता सोच र भनाइहरूले पार्टीको एकता र अनुशासन कमजोर पार्ने खतरा रहेको टिप्पणी गरे।

उनका अनुसार संगठनभित्र एकथरि नेता तथा कार्यकर्ताले फरक-फरक धारणा सार्वजनिक रूपमा प्रस्तुत गर्ने, समीक्षा प्रक्रिया नपुगेकै अवस्थामा निर्णयमा हतारिने तथा विभिन्न किसिमका भ्रम फैलाउने प्रवृत्ति देखिएको छ। यस्तो अभ्यासले संगठनलाई एकीकृत रूपमा अघि बढ्न नदिने उनको भनाइ थियो।

ओलीले पार्टीमाथि बाह्य दबाब र आलोचना भइरहेका बेला आन्तरिक रूपमा पनि असन्तुलित गतिविधि देखिनु चिन्ताजनक भएको उल्लेख गरे। उनले संगठनभित्र जिम्मेवार ढंगले प्रस्तुत हुन सबै पक्षलाई आग्रह गरे।

एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादको सिद्धान्तमा आधारित भएर अघि बढिरहेको उल्लेख गर्दै उनले सबै नेता तथा कार्यकर्ताले पार्टी निर्णयलाई आधार मानेर काम गर्नुपर्नेमा जोड दिए। उनका अनुसार वर्तमान अवस्थामा संगठनलाई अझ सुदृढ र एकताबद्ध बनाउनु प्राथमिक आवश्यकता हो।

0 Comments