२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वगृहमन्त्री सुधन गुरुङले हिरासतमा रहेका जेन जेडमाथि दुर्व्यवहार गरेको आरोप, निष्पक्ष छानबिनको माग

अ+ अ-

काठमाडौँ। कालापानी नेपालको भू-भाग भएको दाबी गर्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएर पक्राउ परेका जेन जेड आन्दोलनकारीमाथि प्रहरी हिरासतभित्र अनियमित व्यवहार भएको आरोप सार्वजनिक भएको छ।

राष्ट्रिय जेन जेड नागरिक अभियानले जारी गरेको विज्ञप्तिमा लैनचौर-सोह्रखुट्टे क्षेत्रस्थित हिरासतमा राखिएका प्रदर्शनकारीहरूलाई लक्षित गर्दै पूर्वगृहमन्त्री सुधन गुरुङले हिरासतभित्र प्रवेश गरी दुर्व्यवहार, गालीगलौज तथा धम्कीपूर्ण व्यवहार गरेको दाबी गरिएको छ।

अभियानका अनुसार हिरासतमा रहेका अभियन्तालाई भेट्न पुगेका गुरुङले नियन्त्रण कक्षमै प्रवेश गरी दबाब सिर्जना गर्ने खालको अभिव्यक्ति दिएका थिए। उनले “तपाईँहरू कसको निर्देशनमा हुनुहुन्छ?”, “यो अन्तिम चेतावनी हो” तथा “अब फेरि पक्राउ परेमा छुट नपाइने” जस्ता टिप्पणी गरेको आरोप समेत लगाइएको छ।

अभियानले उक्त व्यवहारले हिरासतमा रहेका व्यक्तिहरूमा मानसिक दबाब सिर्जना गरेको दाबी गर्दै प्रभावशाली राजनीतिक व्यक्तित्वले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिसँग यस्तो शैली अपनाउनु कानुनी शासन, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य-मान्यतासँग असंगत भएको निष्कर्ष निकालेको छ।

त्यसैगरी, हिरासतमा रहेका व्यक्तिहरूलाई २४ घण्टासम्म पर्याप्त खाना र पिउने पानी उपलब्ध नगराइएको भन्दै मानवअधिकार उल्लंघन भएको गम्भीर आरोप पनि अभियानले लगाएको छ।

घटनाको निष्पक्ष तथा स्वतन्त्र छानबिनको माग गर्दै अभियानले सरकारलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ।

0 Comments