२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभामा विपक्षीको नयाँ विरोध शैली, शहीदप्रति ५ मिनेट मौनधारण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले शहीदको स्मरणमा पाँच मिनेट मौनधारण गर्दै विरोधको नयाँ शैली अपनाएका छन्।

सामान्यतः संसदमा शहीद वा विशेष व्यक्तिहरूको सम्मानमा एक मिनेट मौनधारण गर्ने प्रचलन रहे पनि मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अगुवाइमा यो अवधि पाँच मिनेटसम्म विस्तार गरिएको हो।

सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्तिप्रति माफी मागिनुपर्ने माग विपक्षी दलहरूले उठाउँदै आएका छन्। सो माग सम्बोधन नभएसम्म संसद् अवरोध गर्ने अडानबीच काँग्रेसका सचेतक निष्कल राईले मौनधारणको प्रस्ताव अघि सारेका थिए।

उनले नेपाल एकीकरणदेखि लिएर विभिन्न कालखण्डमा देशको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताका लागि योगदान दिने ऐतिहासिक व्यक्तित्वहरूको योगदान स्मरण गर्दै उनीहरूको सम्मानमा मौनधारण गर्न आग्रह गरे।

उनले वर्तमान प्रधानमन्त्रीको विगतको राजनीतिक भूमिकासमेत उल्लेख गर्दै इतिहास र राष्ट्रिय स्वाभिमानबारे बुझाइको प्रश्न उठाएका थिए। साथै, देशको सीमा र राष्ट्रिय सम्मानसँग जोडिएका विषयमा उठाइएका अभिव्यक्तिले शहीदहरूको त्यागप्रति असर पर्ने टिप्पणी पनि उनले गरेका थिए।

त्यसपछि उनले शहीद, विभिन्न आन्दोलनका सहिद तथा हालका समसामयिक राजनीतिक आन्दोलनमा ज्यान गुमाउनेहरूको स्मरणमा पाँच मिनेट मौनधारण गर्न आह्वान गरेका थिए।

उनको आह्वानपछि अन्य विपक्षी दलका सांसदहरू पनि उठेर मौनधारणमा सहभागी भएका थिए।

0 Comments