२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्री खनालले दिए संसदमा स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे उठेका प्रश्नहरूको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिएका छन्।

संसदमा उठाइएको विवादलाई स्पष्ट पार्दै उनले सरकारको आधिकारिक धारणा प्रस्तुत गरेका हुन्।

प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारततर्फ पनि केही स्थानमा भूमि अतिक्रमण भएको उल्लेख गरेका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले सदनमै आपत्ति जनाउँदै स्पष्टीकरण माग गरेका थिए।

सोही सन्दर्भमा जवाफ दिँदै परराष्ट्र मन्त्री खनालले नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा पहिले नै औपचारिक कूटनीतिक धारणा सार्वजनिक गरिसकेको स्पष्ट पारे। उनले यस विषयमा भारतलाई कूटनीतिक नोट पठाइएको र त्यसको उत्तर समेत प्राप्त भएको जानकारी दिए।

मन्त्री खनालका अनुसार नक्सांकन पूरा नभएका केही क्षेत्रमा बाहेक दशगजा क्षेत्रमा अतिक्रमणसम्बन्धी समस्या यथावत् रहेको छ। उनले प्रधानमन्त्रीको अभिव्यक्ति “सीमापार कब्जा” (क्रस बोर्डर अकुपेसन) सँग सम्बन्धित सन्दर्भमा आएको भन्दै त्यसको बचाउ गरे।

सीमा सम्बन्धी सबै विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। साथै, नेपाल-भारत सीमा विवादमा कुनै तेस्रो पक्षको संलग्नता नरहेको पनि उनले स्पष्ट पारे।

त्यस क्रममा प्रमाण संकलनका क्रममा आवश्यक जानकारी आदान-प्रदानका लागि मात्र अन्य पक्षसँग संवाद भएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई त्यसै सन्दर्भमा बुझ्नुपर्ने उनले बताए।

0 Comments