२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले संसदीय समितिहरूको काम प्रभावकारी भए पनि संसद्को गरिमा कायम राख्ने विषयमा अझै सुधार आवश्यक रहेको बताएकी छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले समितिका छलफलमा मन्त्रीहरूको नियमित उपस्थिति नहुनु र सांसदहरूले उठाएका विषयमा पर्याप्त जवाफ नपाउने अवस्था देखिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले सांसदहरूले जनसरोकारका विषयमा प्रश्न उठाए पनि सम्बन्धित निकायबाट अपेक्षित जवाफ नआउँदा संसदीय अनुगमन प्रक्रिया कमजोर हुने बताइन्।

दुई तिहाइ समर्थनसहित बनेको सरकारले ल्याएको बजेटमा अपेक्षित नयाँपन नदेखिएको टिप्पणी गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका योजनाहरू अझै पनि सहरी क्षेत्र केन्द्रित रहेको बताइन्। दुर्गम तथा ग्रामीण क्षेत्रका आवश्यकता बजेटमा पर्याप्त रूपमा सम्बोधन हुन नसकेको उनको भनाइ थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ठेकेदारलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति समेत थापाले आपत्ति जनाइन्। जिम्मेवार पदमा रहेका व्यक्तिबाट कानुनी प्रक्रियाभन्दा बाहिर गएर कारबाहीको भाषा प्रयोग हुनु उचित नभएको उनको भनाइ थियो।

थापाले मन्त्रीको उक्त अभिव्यक्ति आवेगमा आएको हो वा सोचविचार गरेर भनिएको हो भन्नेबारे स्पष्टता आवश्यक रहेको बताइन्। उनले समस्या समाधानका लागि नियम र कानुनअनुसार प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन्।

Leave a Reply