२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य’ : गृहमन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले  विपद् व्यवस्थापन तथा पूर्वतयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा मन्त्रालय रहेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । 

देशका बाढीपहिरो एवं प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिँदै उनले भने, “एकीकृत सोचका साथ राहत उद्धारमा संलग्न निकायबीच सहयोग र सहयकार्य गरी जनधनको क्षति कम गर्नेगरी काम हुन आवश्यक छ । विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् ।”

बैठकमा गृहमन्त्री गुरुङले परम्परागत कार्यशैलीबाट माथि उठी काम गर्न निर्देशन दिँदै भने, “हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन । अब यो प्रवृत्ति सुधार्दै विपद् आउनु पूर्व नै सजग र पूर्वतयारीमा रहनेतर्फ सम्बद्ध सबै पक्षको ध्यान जान आवश्यक छ ।” 

विगतमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरुपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले असान्दर्भिक एवं अनधिकृत पदाधिकारीले हेलिकप्टरमा भ्रमण गरेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छुट अब कसैलाई पनि नरहेको स्पष्ट गरे । 

उनले हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने पक्षमा आफू नरहेको स्पष्ट गर्दै राहत तथा उद्धारमा संलग्न सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने बताए ।  

सो बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखसहित विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता थियो ।

Leave a Reply