काठमाडौँ । जटिल प्रसूति समस्या देखिएपछि सङ्खुवासभाका पाँचखपन नगरपालिका–७का निवासी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागी सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत उनको आइतवार थप उपचारको लागि हवाई साधनमार्फत कोशी अस्पताल, विराटनगर पुर्याइएको नेपाली सेनाले जनाएको छ ।






