१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्कोट नगर सभामा ५६ करोड ६७ लाखको बजेट पेस

अ+ अ-

मान्म(कालीकोट) । रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगर सभामा उपप्रमुख मनिराज बरालले पेस गरेका हुन् ।

नगरपालिकाले प्रस्तुत गरेको कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये संघीय समानिकरण अनुदानतर्फ रु नौ करोड ७६ लाख, सशर्त अनुदान चालुतर्फ रु १८ करोड ८१ लाख र सशर्त अनुदान पुँजीगततर्फ रु १० करोड ४५ लाख रहेको छ । 

“संघीय विशेष अनुदान रु ६१ लाख, समपूरक अनुदान रु दुई करोड ५९ लाख र राजस्व बाँडफाँटबापत रु सात करोड ९१ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ”, उपप्रमुखले भने, “प्रदेश सरकारका तर्फबाट रास्कोटले समानिकरण अनुदानमा रु एक करोड ३८ लाख ४६ हजार, सशर्त अनुदान चालुमा २२ लाख पाँच हजार, सशर्त अनुदान पुँजीगतमा रु एक करोड ५५ लाख, विशेष अनुदानमा रु ३५ लाख र समपूरक अनुदान पुँजीगततर्फ रु एक करोड १९ लाख प्राप्त गर्नेछ ।” प्रादेशिक राजस्व बाँडफाँटबाट रु १० लाख आर्जन हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले आफ्नो आन्तरिक स्रोत ९कर तथा गैरकर राजस्व० बाट कूल बजेटको ३.०९ प्रतिशतअर्थात् रु एक करोड ७५ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।  प्रस्तावित कूल व्ययमध्ये चालुतर्फ ६१.४२ प्रतिशतअर्थात् रु ३४ करोड ८१ लाख एक हजार र पुँजीगततर्फ ३८.५८ प्रतिशतअर्थात् रु २१ करोड ८६ लाख ५० हजार  विनियोजन गरिएको छ । 

क्षेत्रगत रुपमा नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कूल बजेटको ६४।८८ प्रतिशतअर्थात् रु ३६ करोड ७७ लाख पाँच हजार  छुट्याएको छ ।  

शिक्षा क्षेत्रका लागि रु २० करोड, स्वास्थ्यतर्फ रु १५ करोड ७६ लाख पाँच हजार विनियोजन भएको छ । सोबाहेक आर्थिक विकास क्षेत्रमा रु दुई करोड ४८ लाख, पूर्वाधार विकासतर्फ रु छ करोड पाँच लाख ५० हजार (१०.६८ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक करोड २८ लाख ५० हजार र वन तथा वातावरण क्षेत्रमा रु २० लाख बाँडफाँट गरिएको छ । 

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १७.४४ प्रतिशतअर्थात् रु नौ करोड ८८ लाख ४६ हजार  विनियोजन भएको नगरपालिकाले जनाएको छ । 

कालीकोटको रास्कोट नगरपालिकाले ‘हामी बनाउँछौँ, हाम्रो नगर’ भन्ने मूल नाराका साथ ‘समृद्ध रास्कोट, सुखी रास्कोटवासी’ को दीर्घकालीन लक्ष्यका साथ कालीकोटको नगर सभा सम्पन्न भएको थियो ।

0 Comments