काठमाडौँ । बर्दियामा करिब २३ लाख रुपैयाँ बराबरको मोबाइल बरामद गरिएको छ । बढैयाताल गाउँपालिका, २ फुटाहाबाट प्रहरीले २२ लाख ६८ हजार २८ रुपैयाँ बराबरको मोबाइल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सोमबार राती साढे ११ बजे भारतको सीमा नाका नजिक ६ वटा बोरामा ल्याइएको लाभा टर्च किप्याड मोबाइल ५४० थान र लाभा टर्च किप्याड मोबाइल ४३२ सेट गरी जम्मा मोबाइल फोन ९७२ सेट मोबाइल सेट बरामद गरेको छ ।
बरामद गरिएको मोबाइल सेटको बजार मूल्य अनुमानित २२ लाख ६७ हजार ०२८ रुपैयाँ रहेको छ । बरामद गरिएको मोबाइल सेट आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारवाहीका लागि राजापुर भन्सार कार्यालय पठाइएको छ ।







