१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ वर्षयताकै सबैभन्दा अनुशासित बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट पछिल्लो १२ वर्षयताकै सबैभन्दा अनुशासित र तुलनात्मक रूपमा सानो आकारको रहेको दाबी गरेका छन्।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटको आकार अनुमानित अर्थतन्त्रको कुल आकारको २८.५ प्रतिशतमा सीमित रहेको उल्लेख गरे। यही आधारमा यसलाई पछिल्लो १२ वर्षकै सबैभन्दा अनुशासित बजेटका रूपमा व्याख्या गर्न सकिने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनबारे अनावश्यक शंका नगर्न आग्रह गर्दै त्यसलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयमा केन्द्रित रहेका विभिन्न अधिकार सम्बन्धित मन्त्रालयमा हस्तान्तरण गरिएको जानकारी दिए। उनका अनुसार मन्त्रालय-मन्त्रालयबीच फाइल घुमाएर स्वीकृति लिनुपर्ने पुरानो अभ्यास हटाइएको छ भने रकमान्तरलगायतका अधिकारसमेत सम्बन्धित मन्त्रालयलाई प्रदान गरिएको छ।

उनले शिक्षा, स्वास्थ्य तथा विद्युत् क्षेत्रमा प्रस्ताव गरिएका करका व्यवस्था तत्कालीन आवश्यकताभन्दा दीर्घकालीन सार्वजनिक हितलाई ध्यानमा राखेर तय गरिएको स्पष्ट पारे। सरकारको आर्थिक विकाससम्बन्धी लक्ष्य हासिल गर्ने उद्देश्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको उनको भनाइ थियो।

यसैबीच, प्रतिनिधि सभाबाट सन्देशसहित राष्ट्रियसभामा पुगेको विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। राष्ट्रियसभाको अर्को बैठक असार १७ गते बस्ने तय भएको छ।

0 Comments