१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सुरु

अ+ अ-

काठमाडौँ । सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रमअन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार मन्त्री निशा मेहताको निर्देशनपछि दुवै अस्पतालमा सेवा सुरु गरिएको हो। यो व्यवस्था मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रमअनुसार कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीलाई आवश्यक औषधि सहज, गुणस्तरीय र सहुलियत मूल्यमा उपलब्ध गराई उपचार खर्च कम गर्ने उद्देश्यले सुलभ फार्मेसीलाई प्राथमिकताका साथ विस्तार गरिएको उल्लेख गरेको छ।

मन्त्री मेहताले अस्पतालमै आवश्यक औषधि सस्तो मूल्यमा उपलब्ध हुने सुनिश्चित गर्न निर्देशन दिएपछि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सेवा सञ्चालनमा आएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार अब यी अस्पतालका सेवाग्राहीले बजार मूल्यको तुलनामा कम लागतमा आवश्यक औषधि अस्पतालबाटै प्राप्त गर्न सक्नेछन्। साथै, शासकीय सुधार कार्यसूचीअनुसार देशभरका सरकारी अस्पतालमा पनि सुलभ फार्मेसी सेवा विस्तार गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

0 Comments