६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङको युरेनियम उत्खननबारे कुनै सम्झौता नभएको परराष्ट्र मन्त्री खनालको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा रहेको युरोनियम खानी उत्खननका सम्बन्धमा हालसम्म कोही कसैसँग सहमति एवं सम्झौता नभएको स्पष्ट पारेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले प्रारम्भिक अध्ययनबाट उक्त क्षेत्रमा युरेनियमको सम्भावना देखिएको जानकारी प्राप्त भए पनि उत्खननसम्बन्धी निर्णय वा सम्झौता नभएको बताए। यस विषयमा सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा प्रसारित भ्रामक समाचारको सम्बन्धित सरकारी निकायले यसअघि नै खण्डन गरिसकेको उनले उल्लेख गरे।

सांसद भुवनबहादुर सुनारको प्रश्नको उत्तरमा मन्त्री खनालले प्राकृतिक स्रोतको उपयोग नेपालको संविधानअनुसार हुने बताउँदै असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत कुनै पनि अन्तर्राष्ट्रिय सम्झौता नगर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए। उनले मुस्ताङमा रहेको भनिएको खानीबारे थप अध्ययन तथा अन्वेषणको जिम्मेवारी खानी तथा भूगर्भ विभागले अघि बढाउने जानकारी पनि दिए।

सीमासम्बन्धी अर्को प्रश्नको जवाफमा उनले नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा सीमांकन अझै सम्पन्न हुन बाँकी रहेको बताए। उनका अनुसार दुई देशबीचको ‘बाउन्ड्री वर्किङ ग्रुप’ तथा त्यसअन्तर्गतका संयन्त्रमार्फत नियमित रूपमा सीमा सम्बन्धी विषयमा छलफल भइरहेको छ।

मन्त्री खनालले सुस्ता क्षेत्रमा निर्माणाधीन करिब एक किलोमिटर तटबन्धप्रति भारतीय पक्षको कुनै आपत्ति नरहेको जानकारी दिँदै थप १३२ मिटर तटबन्ध निर्माणअघि भने दुवै देशका सम्बन्धित निकायबीच आवश्यक समन्वय गरेर अघि बढाउन भारतीय पक्षले आग्रह गरेको बताए।

उनका अनुसार सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले पश्चिम नवलपरासीको सुस्ता तथा भारतको चम्पारणस्थित सीमा क्षेत्रको संयुक्त अनुगमनसमेत गरेको छ। हाल नारायणी नदी किनारमा सुस्ता गाउँपालिका-५ अन्तर्गत नेपाल-भारत सीमाबाट करिब २५० मिटर पश्चिम नेपाली भू-भागभित्र अन्तिम बिन्दु रहने गरी करिब एक किलोमिटर तटबन्ध निर्माण भइरहेको उनले जानकारी दिए।

नेपाल-भारत सीमा विवाद ऐतिहासिक सन्धि, नक्सा तथा प्रमाणका आधारमा कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै मन्त्री खनालले दुई देशबीच अधिकांश सीमाको निर्धारण सम्पन्न भए पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको सीमांकन अझै बाँकी रहेको बताए। छिमेकी मुलुकबीच केही मतभेद स्वाभाविक भए पनि वार्ता नै समाधानको उपयुक्त माध्यम भएको उनको भनाइ थियो।

बैठकमा मन्त्री खनालले आफ्नो हालैको चीन भ्रमणबारे पनि जानकारी गराउँदै भ्रमणका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध पक्षमा विस्तृत छलफल भएको बताए। उनले दुवै मुलुकबीच मित्रता, सद्भाव र सहयोगलाई थप सुदृढ बनाउने विषयमा समान धारणा बनेको उल्लेख गरे।

उनले नेपालको चिया निर्यातमा देखिएको समस्या उच्चस्तरीय पहलपछि समाधान उन्मुख भएको जानकारी दिँदै केही दिनअघि खराब मौसमका कारण एउटा भारतीय हेलिकप्टर नेपाली हवाई क्षेत्रमा प्रवेश गरेको सूचना प्राप्त भएको पनि सदनलाई अवगत गराए।

0 Comments