२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागार र हिरासतको मानव अधिकार अध्ययन उपसमितिलाई थप १५ दिनको समय

अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका कारागार तथा प्रहरी हिरासतमा रहेका थुनुवा र कैदी बन्दीहरूको मानव अधिकारको अवस्थाबारे अध्ययन गरिरहेको संसदीय उपसमितिको कार्यावधि १५ दिनका लागि थप गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि सभापति समीक्षा बास्कोटाले स्थलगत निरीक्षण तथा अध्ययनलाई अझ तथ्यपरक र वस्तुनिष्ठ बनाउन समय थप गरिएको जानकारी दिइन्।

समितिले गत जेठ ८ गते विभिन्न कारागार र प्रहरी हिरासतको आवश्यकता अनुसार स्थलगत अनुगमन, अवलोकन, सम्बन्धित अधिकारीसँग छलफल तथा उपलब्ध अभिलेख र सामग्रीको अध्ययनमार्फत थुनुवा तथा कैदीबन्दीहरूले प्राप्त गरिरहेका न्यूनतम मानवीय सुविधा, स्वास्थ्य, शिक्षा, कानुनी सहायता तथा समग्र मानव अधिकारको अवस्थाको मुल्यांकन गरी सुझावसहित प्रतिवेदन पेश गर्ने उद्देश्यले संसदीय उपसमिति गठन गरेको थियो।

उपसमितिको संयोजक बलावती शर्मा रहेकी छन्। उपसमितिमा मदन कृष्ण श्रेष्ठ, मनिष खनाल, सुहाङ नेम्वाङ र स्मृति सेन्चुरी सदस्यका रूपमा सहभागी छन्। यसअघि उपसमितिलाई ४५ दिनको कार्यावधि प्रदान गरिएको थियो।

यसैबीच, समितिले बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारसम्बन्धी अध्ययन प्रतिवेदन पनि ग्रहण गरेको छ। उक्त प्रतिवेदनमाथि समितिले आगामी आइतबार विस्तृत छलफल गर्ने कार्यसूची तय गरेको छ।

Leave a Reply