कैलाली । कैलाली जिल्लाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले एक महिलाको उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गुलरियाघाट, कैलालीबाट खटिएको चेकपोस्ट टोलीले शनिवार भजनी नगरपालिका–५ स्थित गुलरियाघाट सीमावर्ती क्षेत्रबाट एक महिलाको उद्धार गरेको हो ।
महिलालाई थप अनुसन्धान तथा संरक्षणका लागि नेपाल प्रहरी र शान्ति पुन:स्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।







