काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल अघि बढाउन मधेस प्रदेश सभा बैठक बोलाएको छ ।
आर्थिक वर्ष सकिन पाँच दिन मात्र बाँकी रहेकाले बजेट पारित नभए प्रदेश आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।
शनिबार बसेको प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार बैठक आह्वान गर्ने निर्णय गरेको थियो। बैठकअघि बिहान ११ बजे विपक्षी दलसँग देखिएको विवाद समाधानका लागि सर्वदलीय बैठक पनि बोलाइएको बताइएको छ ।







