२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकतामा राखिएको बताएकी छन्। चितवन भ्रमणका क्रममा प्रभावित परिवारसँग भेट गर्दै उनले द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गरिन्।

चितवनको सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले वार्षिक करिब दुई लाख पर्यटक आउने यस केन्द्रलाई थप व्यवस्थित गर्दै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको बताइन्। यसका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन्।

निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीको सेवा–सुविधा, स्थायी नियुक्तिसम्बन्धी विषय तथा प्रजनन केन्द्र र निकुञ्जमा रहेका हात्तीको संरक्षण, पालनपोषण र व्यवस्थापनबारे जानकारी लिँदै त्यसतर्फ विशेष ध्यान दिन निर्देशन दिइन्।

हाल उक्त केन्द्रमा नौ वटा वयस्क हात्ती र सात वटा छावा रहेका छन्। केन्द्रमा हुर्काइएका छावालाई तालिम प्रदान गरी विभिन्न संरक्षण तथा व्यवस्थापनका कार्यमा परिचालन गर्ने गरिएको छ। निकुञ्जमा प्रत्येक हात्तीको स्याहारका लागि तीन जनाको दरबन्दी रहेको जानकारी पनि दिइएको छ।

यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले केन्द्रको वर्तमान अवस्था, सञ्चालन तथा देखिएका समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए।

भ्रमणका क्रममा मन्त्री चौधरीले असार २० गते भरतपुर महानगरपालिका-२३ मा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेका परिवारसँग पनि भेटघाट गरिन्।

त्यसैगरी, माडी नगरपालिका-१ का बाघको आक्रमणबाट घाइते भई अपांगता भएका सूर्य महतो तथा गैँडाको आक्रमणबाट घाइते भएका मंगले बोटेसँग पनि उनले भेट गरेकी छन्।

वन्यजन्तुको आक्रमणबाट प्रभावित दुवै घाइतेलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्वका घटनालाई न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याइन्।

Leave a Reply