काठमाडौँ । माइतीघर मण्डलामा अखिल नेपाल युवक संघले प्रदर्शन गरेको छ । आईतवार माइतीघरमा सरकारले जनविरोधी काम नीति ल्याएको भन्दै संघले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको विरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरूले बालेन-सुधनको अराजकता, सुकुम्वासी जनताको उठिबास, मलाई बोल्न दे सरकार, हत्यारा सरकार मुर्दावाद लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन जनाएका हुन् ।
सरकारले व्यवस्थापन गर्ने भन्दै काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरमा राखेको थियो ।







