५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक एवं महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच कृषि क्षेत्रको सुधार र सहकार्य विस्तारका विषयमा छलफल भएको छ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपालमा खाद्य सुरक्षाको अवस्था सुधार, कृषि प्रणालीको आधुनिकीकरण, दिगो कृषि-खाद्य प्रणाली निर्माण तथा दक्षिण-दक्षिण र त्रिपक्षीय सहयोगका सम्भावनाबारे विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री चौधरीले कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको दीर्घकालीन सुनिश्चितता तथा अन्तर्राष्ट्रिय सहयोग र लगानी परिचालनका लागि एफएओसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन नेपाल इच्छुक रहेको बताइन्।

छलफलका क्रममा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तन अनुकूल कृषि प्रविधिको विकास तथा कृषि अनुसन्धान र प्रयोगशालाको क्षमता विस्तारका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

त्यसैगरी, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका कृषि प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उत्पादनको निर्यात प्रवर्द्धन तथा भौगोलिक संकेत (जिआइ) सम्बन्धी कानुनी र संस्थागत संरचना सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

एफएओकी उपनिर्देशक हुआ वाङले दक्षिण-दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाको नेतृत्व सम्हालेपछि नेपालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले कृषि विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित आगामी अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको सहभागिताका लागि अवसर उपलब्ध गराउने जानकारी दिँदै रोमस्थित एफएओ मुख्यालयमा आयोजना हुने कार्यक्रमहरूमा समेत नेपालको सहभागिताका लागि निमन्त्रणा दिइन्।

भेटवार्तामा नेपाल सरकार र एफएओबीचको सहकार्यलाई थप सुदृढ गर्दै समावेशी, दिगो र जोखिम सामना गर्न सक्ने कृषि तथा खाद्य प्रणाली विकासमा साझेदारी विस्तार गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।

0 Comments