६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदर र बँदेल नियन्त्रणका लागि अर्घाखाँचीमा २० जना हेरालु छनोट

अ+ अ-

अर्घाखाँची । वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्दै किसानको खेती सुरक्षित गर्ने उद्देश्यले अर्घाखाँचीमा बाँदर तथा बँदेल नियन्त्रणका लागि हेरालु छनोट गरिएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले वन व्यवस्थापन कार्यमा सक्रिय रहेका तथा समूह कोषमा मौज्दात आय राम्रो भएका सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा हेरालु छनोट प्रक्रिया अघि बढाएको हो।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार प्राप्त आवेदनमध्ये बाँदर तथा बँदेल हेरालुका लागि २० जना छनोट गरिएको छ। छनोट भएका हेरालुहरूले सम्बन्धित क्षेत्रमा वन्यजन्तु नियन्त्रण, किसानको बाली संरक्षण तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग गर्नेछन्।

छनोट भएका व्यक्तिहरूलाई सम्झौता तथा अभिमुखीकरण कार्यक्रममा सहभागी गराइने डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ। कार्यालयका अनुसार अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आउँदा छनोट भएका उम्मेदवारले आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुनुपर्नेछ।

वन्यजन्तुका कारण कृषकहरूले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न स्थानीय समुदायको सहभागितामा हेरालु परिचालन गर्न लागिएको कार्यालयले जनाएको छ। यसबाट बाँदर र बँदेलबाट हुने कृषि क्षति घटाउन तथा मानव-वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0 Comments