६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच बुँदे मागसहित डा. गोविन्द केसी धनगढीमा, बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि अभियान चलाउँदै आएका डा. गोविन्द केसी आमरण अनसन सुरु गर्ने तयारीसहित धनगढी पुगेका छन्। सरकारले आफूले अघि सारेका माग सम्बोधन नगरेको भन्दै उनले बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।

दार्चुलाबाट धनगढी आइपुगेका डा. केसी हाल धनगढीस्थित एलएनचोकमा रहेको कृष्ण मन्दिरको धर्मशालामा बसेका छन्। उनले सरकारलाई यसअघि दिएको समय सीमाभित्र माग सम्बोधन नभएकाले अनसनमा जान बाध्य भएको बताएका छन्।

डा. केसीका तर्फबाट विजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमार्फत उनका पाँच वटा माग सार्वजनिक गरिएको छ। सरकारले ती मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै डा. केसीले जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि पुनः सत्याग्रह सुरु गर्न लागेको उल्लेख गरेका छन्।

उनले सत्याग्रहबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारको हुने चेतावनीसमेत दिएका छन्।

डा. केसीले अघि सारेका मागमा चिकित्सा शिक्षा आयोग तथा दशरथ चन्द मेडिकल विश्वविद्यालयलगायत संस्थामा भएका नियुक्तिहरूको पुनरावलोकन, स्वार्थको द्वन्द्व हुने गरी गरिएका निर्णय खारेजी र चिकित्सा शिक्षा ऐनका विवादित व्यवस्था संशोधन गर्नुपर्ने विषय समेटिएका छन्।

त्यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति घटाउने तथा आवश्यक मापदण्ड र पूर्वाधार पूरा नगरेका निजी शिक्षण संस्थामा सिट थप गर्ने निर्णय रोक्नुपर्ने माग पनि राखिएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाअनुसार चिकित्सा शिक्षालाई गैरनाफामूलक प्रणालीका रूपमा विकास गर्नुपर्ने, विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग उनको छ।

सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिक स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्न आवश्यक पूर्वाधार र सेवा विस्तारलाई प्राथमिकता दिनुपर्ने विषय पनि माग पत्रमा उल्लेख छ।

यसैगरी, २०८२ भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट तथा विनाशका घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने र २०४६ सालदेखि हालसम्म उच्च तहका राजनीतिक व्यक्ति तथा पदाधिकारीसँग जोडिएका भ्रष्टाचार र अपराधका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग डा. केसीले राखेका छन्।

0 Comments