७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिई फरार सवारी र चालक सुनसरीबाट पक्राउ

अ+ अ-

विराटनगर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिई सवारी साधनसहित फरार रहेका चालकलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ।

साउन ३ गते कानेपोखरी गाउँपालिका–७ मा तत्काल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पथरीशनिश्चरे–१० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बु गम्भीर घाइते भएका थिए। उपचारका क्रममा लिम्बुको मृत्यु भएपछि प्रहरीले हिट एन्ड रन सवारी ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको थियो।

इलाका प्रहरी कार्यालय, पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा साउन ६ गते राति करिब ९ बजे सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित हेभी इक्विपेमन्ट सडक डिभिजन विभागको कार्यालयमा लुकाई छिपाई राखिएको अवस्थामा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिराहाको सुखीपुर गाउँपालिका वडा–८ बस्ने ४४ वर्षीय राम उद्गार मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा पक्राउ परेका चालक र गाडीलाई इलाका प्रहरी कार्यालय पथरी, मोरङमा ल्याएर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

0 Comments