७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्क्यामर तथा अन्य अपराधीको निगरानीका लागि सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा आज जारी सूचनामा स्क्यामर (जालसाज गर्ने) ले भ्रममा पारी बैंक खातामा पैसा हाल्न लगाउनेजस्ता गतिविधि बढेकाले सचेत रही निगरानी गर्न आग्रह गरिएको हो ।

हेटौँडाका होटेल तथा गेष्ट हाउसमा ग्राहकका रूपमा आएर अनलाइन किनमेल, अनलाइन जागिर, चिठ्ठा, व्यवसाय, बजार अनुसन्धान, उद्योगमा लगानी, होलसेल कारोबारलगायत नामको प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट आफ्नो क्युआरमा वा नेपाल तथा भारतस्थित बैंक खातामा पैसा हाल्न लगाउने तथा अन्य विभिन्न उपायको प्रयोग गरी रकम छल्न ‘स्क्यामिङ’ गर्नेजस्ता घटनाको वृद्धि भइरहेकाले सचेत रहँदै निगरानी बढाउन सबैमा आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

यस विषयमा पीडितको गुनासो आउने गरेको र त्यस्ता व्यक्तिले होटेल तथा गेष्ट हाउसमा लामो समय बसेर होटेल/गेष्ट हाउस सञ्चालकको फोन, सवारीसाधनको प्रयोग गरी विभिन्न व्यक्तिलाई जालझेल गरी ठग्ने गरेको पाइएकाले यस्तो कार्यलाई पूर्ण रूपमा निगरानी गर्न, शंकास्पद व्यक्तिको गतिविधिका बारेमा प्रहरीलाई खबर गर्न प्रशासनले आग्रह गरेको हो ।

त्यस्ता ठग तथा अपराधीको दैनिक-रात्रि गतिविधिका बारेमा होटेल व्यवस्थापकसमेत जिम्मेवार रूपमा सचेत रहन जानकारी गराउँदै प्रशासनले कतै कसैले कुनै पनि नागरिकलाई यस विषयमा ठगी गर्ने मनसायले प्रयोग गरेको देखिएमा अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ । 

0 Comments