८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पदा पुनर्निर्माणमा मौलिकता जोगाउन प्रधानमन्त्रीको तदारुकता: हस्तकला र निर्माण व्यवसायीसँग संयुक्त छलफल

अ+ अ-

काठमाडौँ । नेपालका ऐतिहासिक तथा कलात्मक सम्पदाहरूको पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्री वालेन्द्र शाहले विशेष चासो देखाएका छन् । 

सम्पदा निर्माणका क्रममा मौलिक कला खस्किएको भन्दै सरोकारवालाले राखेको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीले नेपाल हस्तकला महासंघ र नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग संयुक्त छलफल गरेका हुन् । 

नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यका अनुसार यसअघि प्रधानमन्त्रीसँगको भेटमा महासंघले पुनर्निर्माणका कार्यहरूमा नेपालको मौलिकपन र उच्च गुणस्तर कायम हुन नसकेको विषयमा ध्यानाकर्षण गराएका थियो । हस्तकला महासंघ एक गैर-नाफामूलक संस्था भएकाले सरकारी ठेक्का प्रक्रियामा प्रत्यक्ष सहभागी हुन नसक्ने प्राविधिक कठिनाइ रहेको जानकारी गराउँदै महासंघले निर्माण व्यवसायीहरूसँगको समन्वयमा काम गर्नसके यसले सकारात्मक नतिजा दिने प्रस्ताव राखेको थियो । हस्तकला महासंघको उक्त प्रस्ताव र गुनासोप्रति प्रधानमन्त्रीले तत्कालै सक्रियता देखाएका छन् । 

गुनासो राखेको दुई दिनभित्रै प्रधानमन्त्रीले निर्माण व्यवसायी महासंघ र हस्तकला महासंघका पदाधिकारीहरूलाई संयुक्त रूपमा बैठकमा बोलाएर समन्वयात्मक ढंगले अगाडि बढ्न निर्देशन दिएका हुन्। अध्यक्ष शाक्यले प्रधानमन्त्रीको यस शीघ्र कदमले व्यवसायीहरूमा नयाँ उत्साह र सकारात्मक ऊर्जा थपेको बताए । 

अबका दिनमा दुवै महासंघबीच प्रभावकारी समन्वय भएमा पुराना संरचनाहरूको पुनर्निर्माणमा उच्च गुणस्तर कायम हुने र नेपालको मौलिक कला-संस्कृतिको संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । 

उनले भने, ‘अस्ति सम्माननीयज्यूसँगको भेटघाटका क्रममा पुन:संरचना गर्ने तथा कलात्मक सम्पदा निर्माण गर्ने क्रममा हाम्रो मौलिक कला र पहिचान केही कमजोर हुँदै गएको तथा मौलिकताअनुसार उच्च गुणस्तरका कला सिर्जनामा केही कमी भएको विषयमा हामीले आफ्नो धारणा राखेका थियौँ । यस सन्दर्भमा सम्बन्धित प्रमुख सरोकारवाला पक्षका रूपमा हामी हस्तकला महासंघ आफैँ गैरनाफामूलक संस्था भएकाले ठेक्कापट्टाको प्रक्रियामा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेको उल्लेख गरेका थियौँ । तर निर्माण व्यवसायी संघ-संस्थाहरूले नेपाल सरकारसँग गर्ने ठेक्का प्रक्रियामा हामीसँग सहकार्य र समन्वयात्मक भूमिका निर्वाह गर्न सकेमा यसले सकारात्मक परिणाम ल्याउने र नेपालको कला, संस्कृति संरक्षण तथा मौलिकताको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने कुरा सम्माननीयज्यू समक्ष राखेका थियौँ । सोही विषयलाई मध्यनजर गर्दै आज सम्माननीयज्यूले दुई दिनभित्रै निर्माण व्यवसायी महासंघ र हस्तकला महासंघलाई संयुक्त रूपमा सहभागी गराई आगामी दिनमा कसरी समन्वय गरेर उच्च गुणस्तरका संरचना तथा कलात्मक उत्पादन निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि बैठक आयोजना गर्नुभएको छ । यो पहलले हामीलाई निकै उत्साहित बनाएको छ । सम्बन्धित सरोकारवालालाई यति छिटो एकै ठाउँमा ल्याएर सकारात्मक पहल सुरु गरिनुले हामीमा नयाँ ऊर्जा र विश्वास थपेको छ ।’

यो सहकार्यले सरकारी ठेक्कापट्टाको प्रक्रियागत जटिलतालाई हल गर्दै निर्माण व्यवसायीको अनुभव र हस्तकलाकर्मीको सीपलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको बताए ।

0 Comments