८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा सुरक्षा सुदृढ बनाउन समन्वयात्मक प्रयासलाई निरन्तरता दिइने 

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउनुका साथै सीमासम्बन्धी अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन संगठन पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा धारणा राख्दै महानिरीक्षक पौडेलले सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थानीय समुदाय, सुरक्षा निकाय, प्रशासन तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य गर्दै काम भइरहेको जानकारी दिए।

उनका अनुसार सीमा सुरक्षासँग सम्बन्धित चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि उत्तर तथा दक्षिण दुवै सीमाका समकक्षी सुरक्षा निकायसँगको सहकार्यलाई थप सुदृढ बनाइनेछ। यसबाट सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि तथा अपराध नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जिउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम राख्न सशस्त्र प्रहरीले विगतदेखि नै विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे।

उनले आगामी दिनमा पनि विद्यमान कानुनी व्यवस्थाअनुसार उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग गर्दै सीमा सुरक्षालाई थप सुदृढ बनाउने दिशामा सशस्त्र प्रहरी बल निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

0 Comments