११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोगाधिकारको जग्गा लिजमा रूपान्तरण गर्न भूमि प्रशासन कार्यालय आह्वान

अ+ अ-

काठमाडौँ । भूमि प्रशासन कार्यालय राजविराज, सप्तरीले भोगाधिकारमा प्राप्त जग्गालाई लिजमा रूपान्तरण गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्धारित समय सीमाभित्र निवेदन दिन आग्रह गरेको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मालपोत नियमावली, २०३६ (नवौँ संशोधन, २०८३) को नियम २३झ (१९) अन्तर्गतको व्यवस्थाअनुसार साविकमा भोगाधिकारमा जग्गा प्राप्त गरेका सबै व्यक्ति, संस्था वा निकायले आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने जनाएको हो।

सूचनाअनुसार नियम लागू भएको मिति २०८३ जेठ २८ गतेदेखि छ महिनाभित्र भोगाधिकारबापत तिर्न बाँकी रहेको रकम भए त्यसको भुक्तानी गरी सम्बन्धित जग्गा लिजमा रूपान्तरणका लागि कार्यालयमा निवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

कार्यालयका अनुसार प्राप्त निवेदनमाथि नियमावलीबमोजिम आवश्यक प्रक्रिया पूरा गरी जग्गालाई लिजमा रूपान्तरण गर्ने कार्य अघि बढाइनेछ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको २०८३ साउन ७ गतेको निर्देशन पत्र अनुसार भोगाधिकारमा जग्गा प्राप्त गरेका व्यक्ति, संस्था तथा निकायलाई जानकारी गराई आवश्यक प्रक्रिया अघि बढाउन भनिएकाले कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका सम्बन्धित सबैलाई समयमै निवेदन दिन अनुरोध गरेको जनाएको छ।

प्रमुख भूमि प्रशासन अधिकृत किशोरकुमार रामले तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा नगरे प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने उल्लेख गर्दै सम्बन्धित सबैलाई बाँकी रकम दाखिला गरी निर्धारित अवधिभित्र आवेदन पेस गर्न आग्रह गरेका छन्।

0 Comments