१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाटबजारमा सुनको सिक्री थुत्ने गिरोहका ५ जना गाडीसहित पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले शुद्धोधन गाउँपालिकामा हाटबजारको भिडभाडको फाइदा उठाउँदै सुनको सिक्री थुत्ने गिरोहका ५ जनालाई गाडीसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन ९ गते शुद्धोधन गाउँपालिका वडा नं ४ स्थित हाटबजारमा एक जनाको घाँटीमा लगाएको करिब दुई तोला बराबरको सुनको सिक्री थुतिएको थियो।

घटना लगत्तै प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा गाडीसमेत प्रयोग गरी सिक्री थुत्ने कार्यमा संलग्न गिरोहलाई जिल्लाका विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा रुपन्देहीको सिद्धार्थनगर ११ का ३१ वर्षीय अकलेश बृजवासी, पर्साको वीरगंज–२० का २८ वर्षीय राजन राय, वीरगंज–१६ का २१ वर्षीय अमन राय, सोही स्थानका एक नाबालिग (सांकेतिक नाम भैरहवा १) र भारतको बिहार, मोतिपुरका ४० वर्षीय मोहम्मद इमाम रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने १ थान सिक्री, ४ थान मोबाइल फोन र घटनामा प्रयोग गरिएको बा १९ च ४३७७ नम्बरको स्कारपियो गाडीसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

0 Comments