१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी हिंसात्मक घटनासहित समसामयिक विषयमा सभामुखको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्ला राष्ट्रिय घटनाक्रम, संसद् सञ्चालन र सुरक्षा अवस्थाबारे सभामुख डोलप्रसाद अर्यालसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अवस्था तथा सार्वजनिक सरोकारका विषयमा विचार विमर्श भएको हो।

भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै शान्ति-सुरक्षा कायम गर्न राज्यका निकायबाट प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए।

सुनसरीको देवानगन्जमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको तथा सुरक्षाकर्मीसहित २२ जना घाइते भएको जनाइएको छ।

त्यसैगरी, पाँचथरसहित विभिन्न जिल्लामा बाढी, पहिरोलगायत प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन संसद् र सरकारले प्राथमिकताका साथ भूमिका निर्वाह गर्नुपर्ने विषय पनि उनले उठाएका थिए।

भेटमा नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएको अवस्थाबारे समेत छलफल भएको थियो। नेता आङ्देम्बेले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सेवा अवरुद्ध नहुने वातावरण निर्माणका लागि आवश्यक पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

नेता आङ्देम्बेको सचिवालयका अनुसार भेटमा सार्वजनिक सुरक्षा, विपद् व्यवस्थापन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समसामयिक विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

0 Comments