१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीमा कर्फ्यु विस्तार, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रसमेत समेटियो

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेपछि कर्फ्यु आदेशको क्षेत्र विस्तार गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार दिउँसो आदेश जारी गर्दै सुनसरीस्थित महेन्द्र राजमार्गको तोकिएको क्षेत्र र इनरुवा बजार क्षेत्रमा समेत अनिश्चितकालका लागि कर्फ्यु लागू गरेका हुन्।

प्रशासन ऐन, २०२८ को दफा ६ (क) प्रयोग गरी जारी गरिएको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक तथा घेराउलगायतका गतिविधि गर्न रोक लगाइएको छ।

प्रशासनले महेन्द्र राजमार्ग क्षेत्रको सिमाना पूर्वतर्फ पकली चोक, पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तोकेको छ। उक्त क्षेत्रको राजमार्गबाट उत्तर र दक्षिणतर्फ २०० मिटरसम्मको भूभागमा समेत कर्फ्यु लागू गरिएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि जिल्लाको सुरक्षा अवस्था प्रभावित बनेको हो। दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।

यसअघि स्थानीय प्रशासनले घटनापछि देवानगञ्ज र आसपासका संवेदनशील क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका बाबजुद सोमबार केही स्थानमा प्रदर्शनसमेत भएको प्रशासनले जनाएको छ।

हाल देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत निषेधाज्ञा कायम रहेको छ। प्रशासनका अनुसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

त्यसैगरी हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका विभिन्न भागमा कर्फ्यु जारी छ। प्रशासनले ती क्षेत्रका लागि छुट्टाछुट्टै सीमा निर्धारण गरी आवतजावतमा रोक लगाएको छ।

हरिनगरा बजार क्षेत्रमा नुनिया टोलदेखि पश्चिम खुनिया धार, हरिनगर गाउँपालिका कार्यालय हुँदै वसन्तपुर मोडसम्म, भुटाहा बजार क्षेत्रमा मोरिया धार खोलादेखि इदगाहा फिल्ड, सुनसरी खोला हुँदै गाउँपालिका कार्यालयसम्म कर्फ्यु कायम गरिएको छ।

त्यस्तै, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रमा पनि प्रशासनले तोकेका चार किल्लाभित्र कर्फ्यु आदेश लागू रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले शान्ति-सुरक्षा कायम राख्न जारी आदेशको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

0 Comments