काठमाडौँ । दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनीखोलामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सु.प्र. ०१-००१ ख ३०७२ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत मैनीखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी कर्णाली राजमार्गबाट करिब ४ सय मिटर तल मैनीखोलामा खसेको बताइएको छ ।
दुर्घटना लगत्तै स्थानीय बासिन्दा र तल्लोडुंगेश्वर प्रहरी चौकीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको छ।
घटनाबारे थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकको टोली घटनास्थलतर्फ गएको छ। दुर्घटनाको कारण र घाइतेहरूको पछिल्लो अवस्थाबारे थप विवरण आउन बाँकी छ।






