१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ’ : अर्थमन्त्री डा. वाग्ले

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यूले विशेष पहल जारी राखेको  बताएका छन् । 

केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन् ।

सुनसरीमा घटेको दु:खद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्रीज्यूले पर्याप्त पहल लिइरहेको उनको भनाइ छ।

‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दु:खद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ,’ उनले भने, ‘उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ। राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको छ।’

सुनसरी घटनामा स्थिति सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि उनले राजनीतिक दलको नेतृत्वलाई अवगत गराए।

सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीलाई अवगत गराउने भन्दै उनले सबैको प्रयत्नमा साझा समाधान खोजिनुपर्नेमा जोड दिए।

0 Comments