१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य नहुने चेतावनी दिइएका छन्।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को सातौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुअघि सरोकारवालासँग कुनै छलफल नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव तथा सहसचिवसँग भेट गरी अध्यादेशबारे आपत्ति जनाएको पनि बताए । उनले अध्यादेश जारी गर्नुअघि सहकारी अभियानसँग परामर्श नगरिएको विषयमा प्रश्न उठाउँदा मन्त्रालयका कर्मचारीहरूले आफूहरूलाई समेत पूर्वजानकारी नभएको जवाफ दिएको बताए ।

उपाध्यक्ष बस्नेतले नयाँ सहकारी ऐनको मस्यौदा तयार भइरहेको सूचना पाएको उल्लेख गर्दै सहकारी अभियानलाई जानकारी नदिई वा सुझाव नलिई ऐन ल्याइए आफूहरूलाई मान्य नहुने बताए ।

उनले भने, ‘महासंघ आफ्ना सदस्य संस्थाहरूलाई बचाउनको लागि सरकारसँग लविङ्ग गरिरहेको छ । सरकारले ल्याएको अध्यादेशबाट हामी पनि अचम्मित छौँ । यो विषयमा दुई दिन अगाडी मात्रै हामी मन्त्रालयमा पुगेर मन्त्रालयको सहसचिव, सचिवहरूसँग कुरा पनि गरेका छौँ र तपाईँहरूले त्यो अध्यादेश ल्याउनुभन्दा अगाडी किन सोध्नु भएन ? तपाईँहरूले ल्याएको अध्यादेशको प्रति हाम्रो चाहिँ विमति छ भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्छ कि पर्दैन भन्ने कुराहरू हामीले राख्यौँ । र कर्मचारीको तर्फबाट हामीलाई के जवाफ आयो भने हामीले पनि थाहा पायौँ, अभियानलाई जो जसका लागि लागु हुने हो उनीहरूलाई सोध्नुपर्थ्यो । अब आउने बेलासम्म पनि हामीलाई थाहा भएन भन्ने कुरा गर्नुभयो । अहिले ड्राफ्ट हुँदै छ भन्ने सुन्या छौँ । नयाँ पूरै ऐन, त्यो कुरा चाहिँ हामीले थाहा नपाईकन ऐन तपाईँहरूले ल्याउनुभयो भने त्यो चाहिँ हामी स्वीकार्ने र मान्ने पक्षमा छैनौँ भनेर भन्या छौँ । हाम्रो ठाउँमा आइपुग्ने बित्तिकै हामीले ड्राफ्ट गर्ने भन्या छ, सरकारले निर्णय गर्‍या छ, हाम्रो तर्फबाट काम सुरु भएको छैन, सचिवज्यूले भन्नुभयो । अर्को कुरा, प्रवर्धन कोषको पैसा अब हाम्रो अभियानले जम्मा गर्न छोडिसक्यो, तपाईँहरूले यसलाई किन ऐनमा भएको कुरालाई कार्यान्वयन गर्नु भएन ? अब तपाईँहरू यसलाई कार्यान्वयन गर्नु हुन्छ वा हामी अदालत जाऔँ, भन्ने कुरा हामी सोधेका थियौँ । उहाँले अहिले अब प्रवर्धन कोष विभागमा बस्ने भनेर भन्या छ भन्नुभयो ।’

सहकारी प्रवर्द्धन कोषको व्यवस्थापन सहकारी विभागमार्फत गर्ने तयारी भइरहेको जानकारी पाएको समेत उपाध्यक्ष बस्नेतको भनाइ छ ।

0 Comments