१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानको कुमामोतोमा शक्तिशाली भूकम्पपछि सपिङ मलमा विस्फोट, दुई जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा शक्तिशाली भूकम्पपछि एक सपिङ मलमा भएको विस्फोटमा परी दुई महिलाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार उक्त घटनामा अन्य एक व्यक्ति गम्भीर अवस्थामा रहेका छन् ।

कुमामोतो प्रान्तीय सरकारलाई उद्धृत गर्दै सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार काशिमा शहरस्थित इयोन मल कुमामोतोबाट बुधवार बिहान स्थानीय समयअनुसार ४ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलालाई मृत घोषित गरिएको छ भने अर्का एक व्यक्तिको हृदयघातका कारण अवस्था चिन्ताजनक रहेको छ । अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
भूकम्पका कारण ग्यास चुहावट भई विस्फोट भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । यद्यपि, विस्फोटको यकिन कारणबारे अनुसन्धान भइरहेको छ।

जापान मौसम विज्ञान एजेन्सीकाअनुसार मंगलबार स्थानीय समयअनुसार दिउँसो ४:२७ बजे कुमामोतो प्रान्तमा ७।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।
कुमामोतो प्रान्तीय प्रहरीका अनुसार भूकम्प लगत्तै मलमा रहेका करिव २०० ग्राहक र कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निस्किएका थिए । विस्फोटको घटना मानिसहरू बाहिर निस्किएपछि भएको थियो । प्रहरीले केही कर्मचारीहरू अझै पनि भवनभित्र फसिरहेको हुनसक्ने बताएको छ, तर उनीहरूको यकिन संख्या भने अझै खुल्न सकेको छैन । अहिले सो क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

0 Comments