१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङका विभिन्न वन क्षेत्रमा लुकाइएका २१ अवैध भरुवा बन्दुक बरामद

अ+ अ-

काठमाडौँ। दाङका विभिन्न वन क्षेत्रमा लुकाइछिपाइ राखिएका २१ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा विभिन्न स्थानमा परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा उक्त हतियार फेला पारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १४ गते प्राप्त सूचनापछि जिल्लाका विभिन्न प्रहरी इकाइबाट खटिएका टोलीले सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइएका भरुवा बन्दुक बरामद गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोस्ट बेलुवाबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका-८ स्थित अश्वा सामुदायिक वनबाट एक थान एकनाले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने चार थान फलामका छर्रा बरामद गरेको छ।

यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका-३ स्थित जनचेतना सामुदायिक वनबाट चार थान तथा वडा नं. ६ अन्तर्गत टोट्केलेखस्थित लालीगुराँस सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक फेला पारेको छ। उक्त क्षेत्रबाट मात्रै १२ थान अवैध भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, प्रहरी चौकी रामपुरबाट परिचालित टोलीले घोराही उपमहानगरपालिका-२ को च्याख्लीघाटस्थित राष्ट्रिय वनबाट आठ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद भएका २१ थान भरुवा बन्दुक र चार थान फलामका छर्राको स्रोत तथा त्यसमा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाइएको छ।

0 Comments