१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजिअ अर्यालको पहलमा अप्ठेरोमा परेका नागरिकलाई घरमै ग्यास पुर्‍याउने व्यवस्था

अ+ अ-

काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका अशक्त तथा जोखिममा रहेका नागरिकलाई घरमै ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ।

जिल्लामा ग्यास आपूर्तिको अवस्था सहज बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयले ग्यास उद्योगी, वितरक तथा डिलर प्रतिनिधिसँग समन्वय गरी विशेष व्यवस्थापन गरेको हो।

प्रजिअ अर्यालका अनुसार एकल महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, छात्रावासका विद्यार्थी, आश्रममा रहेका व्यक्ति तथा अन्य अत्यावश्यक अवस्थाका नागरिकले ग्यास प्राप्त गर्न समस्या भोगेमा प्रशासनमा जानकारी गराउन सक्नेछन्। त्यस्ता व्यक्तिहरूको सहजताका लागि सम्बन्धित उद्योगी तथा वितरकमार्फत घरमै एलपी ग्यास पुर्‍याउने व्यवस्था मिलाइएको उनले बताए।

“शारीरिक रूपमा अशक्त वा अप्ठेरो अवस्थामा रहेका व्यक्तिले ग्यास नपाएको जानकारी आएमा घरमै उपलब्ध गराउने व्यवस्था गरिएको छ,” प्रजिअ अर्यालले बताए।

उनले सर्वसाधारणलाई ग्यास अभाव वा आपूर्ति समस्याबारे प्रशासनलाई जानकारी गराउन आग्रह गर्दै आवश्यक समन्वय गरिने उल्लेख गरे। प्रशासनले यसका लागि टोल फ्री नम्बरमार्फत समेत जानकारी दिन सकिने जनाएको छ।

चितवनमा हाल बाबा, साइबाबा र नेपाल ग्यास उद्योगले सेवा दिइरहेका छन् भने गैँडाकोटस्थित जानकी ग्यासको बजार क्षेत्र पनि चितवन रहेको छ। जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि उद्योगीहरूले पछिल्लो समय आपूर्ति अवस्था सुधार हुँदै गएको र बजारमा अभाव नहुने जानकारी दिएका छन्।

बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले विगतको तुलनामा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेकाले उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था रहेको बताएका छन्।

0 Comments