१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिक्री बिल लिन उपभोक्तालाई आग्रह गरेको छ। विभागले कर अनुपालन अभिवृद्धि, वास्तविक कारोबार अभिलेखीकरण र बिजक लिने-दिने संस्कृतिको विकास गर्ने उद्देश्यले यस्तो आग्रह गरेको हो।

विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद गर्ने क्रममा उपभोक्ताले अनिवार्य रूपमा खरिद बिल लिनुपर्ने जनाएको छ। विभागका अनुसार करदाता प्रोत्साहनस्वरूप सञ्चालन भइरहेको बिजकसम्बन्धी उपहार कार्यक्रममा सहभागी हुनसमेत खरिद बिल आवश्यक पर्नेछ।

सूचनामा हालसम्म स्थायी लेखा नम्बर नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल स्थायी लेखा नम्बर लिई कर प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ।

विभागले सबै व्यवसायी वर्गलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल जारी गर्न पनि निर्देशन दिएको छ। बिल जारी गर्ने र खरिद गर्दा बिल लिने अभ्यासले पारदर्शी कारोबार प्रवर्द्धन गर्नुका साथै कर प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विभागको भनाइ छ।

विभागले उपभोक्ता र व्यवसायी दुवैलाई कर कानुनको पालना गर्दै बिजक प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरेको छ।

0 Comments