काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट प्रदान गरिएको विषयसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा विमानस्थल निर्माणसँग सम्बन्धित केही कर्मचारी, निर्माण कम्पनी र अन्य प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगले ठेक्का सम्झौतामा उल्लेख भएको व्यवस्था विपरीत निर्माण कम्पनीलाई राजस्व छुट प्रदान गरी राज्यलाई आर्थिक नोक्सानी पुर्याइएको दाबी गरेको छ ।
अख्तियारले मुद्दामा प्रतिवादीहरूसँग ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरी कानुनबमोजिम कारबाहीको माग गरेको छ ।






