२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण क्षेत्रमै आवश्यक जनशक्ति उत्पादन गर्न सीपमूलक तालिम सञ्चालन गरिने

अ+ अ-

काठमाडौँ । निर्माण क्षेत्रको वास्तविक जनशक्ति आवश्यकतालाई आधार मानेर सीपमूलक तालिम सञ्चालन गर्ने र तालिम पूरा गरेका जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने विषयमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य गर्ने सहमति भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा निर्माण क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र दिगो रोजगार प्रणाली निर्माणका उपायबारे छलफल गरिएको हो।

छलफलपछि निर्माण क्षेत्रको वास्तविक मागअनुसार सीपमूलक तालिम सञ्चालन गर्ने, तालिम प्राप्त व्यक्तिलाई रोजगारीका अवसरसँग जोड्ने तथा रोजगारी सिर्जना प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वयलाई निरन्तरता दिने निर्णय गरिएको छ।

यसका साथै युवा, श्रम तथा रोजगार मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासंघबीच नियमित संवाद, समन्वय र सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने समझदारी पनि भएको छ।

भेटघाट तथा छलफलमा दुवै मन्त्रालयका सचिवहरू, नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।

सरकारले निर्माण क्षेत्रको श्रम मागलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगार अवसर विस्तार गर्ने उद्देश्यका साथ निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

0 Comments