२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिस्पर्धीको अन्तर्वार्ता नसकिँदै दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गरिएकोमा काँग्रेसले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारले राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने भने पनि व्यवहारमा त्यसको पालना नगरेको आरोप लगाएकी छन्।

बिहीबार सिंहदरबारमा बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति गर्दा सरकारले अन्तर्वार्ता नै नलिई नियुक्त गरेको गुनासो आएको बताइन्। उनले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएको दुई महिना बितिसक्दा समेत रेक्टर र रजिस्ट्रार नियुक्त हुन नसक्दा कार्यकारी परिषद्को काम र बजेट पारित प्रक्रिया प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् । उनले कतिपय विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियामा समेत सरकारले कानून मिचेको आरोप लगाउन् ।

सांसद गुरुङले त्रिवि सेवा आयोगको सदस्य पदमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनकी काकी रेजिना बेनलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाउन्।

0 Comments