२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा भइरहेको सडक विस्तार कार्यलाई सहयोग पुर्‍याउन विद्युतीय पोल स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ । 

सडक विस्तारका क्रममा बाधक बनेका पोलहरू सार्ने काम हालसम्म ८० देखि ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको प्राधिकरणले जनाएको हो । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रवार बसेको बैठकमा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पोल सार्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

 उनकाअनुसार काठमाडौं–पोखरा सडक खण्ड लगायतका मुख्य क्षेत्रहरूमा पोल सार्ने काम करिब सकिएको छ भने केही स्थानमा पुराना पोलहरू उखेल्न मात्र बाँकी रहेको छ ।

 कामका क्रममा आइपर्ने व्यवधानबारे स्पष्ट पार्दै निर्देशक श्रेष्ठले कतिपय स्थानमा जमिनको सतह (ल्याण्ड लेभल) नमिलेका कारण तारले भुइँ छुने जोखिम हुनाले पोल सार्न ढिलाइ भएको बताए। 

प्राधिकरणले सडक विभागसँगको सहकार्यमा सातै प्रदेशका कार्यालयहरूमार्फत पोल स्थानान्तरणको काम गरिरहेको छ । मुख्य ठेकेदारले काममा ढिलाइ गरेमा दुई–चार वटा पोलका कारण सडक विस्तार नरोक्न प्राधिकरण आफैँले ठेकेदार परिचालन गरेर भएपनि काम अघि बढाउन निर्देशन दिएको श्रेष्ठले जानकारी दिए। 

उनले भने, ‘अब बाँकी रहेको मुख्य काम भनेको लेबल नमिलेका स्थानमा पोल सार्ने कार्य हो । यस्ता केही ठाउँमा तार छुने जोखिम भएकाले सडक विभागसँग समन्वय गरी प्रदेश कार्यालयमार्फत काम भइरहेको छ । मुख्य ठेकेदारबाट काम नभए पनि केही पोलका कारण आयोजना नरोकिने गरी आवश्यक परे हाम्रो ठेकेदार परिचालन गर्न निर्देशन दिइएको छ ।  शटडाउनका विषयमा पनि समन्वय भइरहेको छ ।

 तराईमा गर्मीका कारण शटडाउनले धेरै ग्राहक प्रभावित हुने भएकाले एक–दुई वटा पोलका लागि पटक–पटक शटडाउन नगरी, सम्बन्धित खण्डका सबै काम एकैपटक तयारी भएपछि शटडाउन लिएर पोल सार्ने व्यवस्था गरिएको छ । ११ केभीका पोल सार्ने काम छिटो सम्पन्न गर्न सकिने भएकाले यसमा ठूलो समस्या छैन । हालसम्म ८०–९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । उदाहरणका रूपमा पोखरा–काठमाडौं सडकमा पनि अधिकांश पोल सारिसकिएको छ र केही साना खण्ड मात्र बाँकी छन् । कुनै विशेष स्थानमा समस्या भए त्यसलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

तराईका जिल्लाहरूमा गर्मीको समयमा विद्युत् कटौती गर्दा उपभोक्ताहरू मर्कामा पर्ने कुरालाई ध्यानमा राख्दै प्राधिकरणले नयाँ कार्यनीति अपनाएको छ । एउटा वा दुईवटा पोलका लागि पटक–पटक लाइन काट्नुभन्दा सडकको निश्चित क्षेत्र (स्ट्रेच) पूर्ण रूपमा तयार भएपछि एकैपटक दिनभरिको ‘शटडाउन’ लिएर सबै पोल सार्ने रणनीति लिइएको छ । 

११ केभीका पोलहरू सार्न टावरजस्तो कठिन नहुने भएकाले प्राविधिक टोलीले छोटो समयमै ठूलो क्षेत्रको काम सम्पन्न गर्न सक्ने श्रेष्ठको दाबी छ । उनले कुनैपनि विशिष्ट स्थानमा पोलका कारण सडक निर्माण रोकिएको खण्डमा प्राधिकरणले त्यसलाई गम्भीरतापूर्वक लिई तत्काल समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

0 Comments