२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ’ : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताएका छन् ।

प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको आजको बैठकमा उनले विद्युतीकरणमा कर्णाली प्रदेश पछाडि परेकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट काम गर्न लागिएको जानकारी दिए ।

डोल्पाको जगदुल्लामा माइक्रो हाइड्रोलगायतका आयोजनाले कर्णालीलाई न्याय गरेको बताउँदै मन्त्री श्रेष्ठले कर्णालीमा त्यस्ता आयोजना बढाउने गरी चालु आर्थिक वर्षमा काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

ऊर्जा क्षेत्रमा आठ वर्षअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवका आयोजना अलपत्र भई समस्या भएको उल्लेख गर्दै उहाँले चालु आवको सुरुमै ठेक्का भएकाले आयोजनाको गतिमा अर्को वर्षदेखि सुधार हुने विश्वास दिलाए ।

मन्त्री श्रेष्ठले पहिलेको खरिद ढिला भएकाले अहिले ट्रान्सफर्मर अभाव रहेको उल्लेख गर्दै उहाँले नियामक निकायलाई जिम्मेवार बनाएर यस्ता समस्या समाधान गर्न लागिएको बताए ।

उनले भने “असार, साउन, भदौ महिनामा वर्षात्का कारण विद्युत् प्रणालीमा समस्या हुने गरेको छ, ती समस्या समाधान गर्न अहिले मन्त्रालयले दुई योजना बनाइरहेको छ, त्यसपछि समस्या समाधान हुन्छ ।”

धार्मिक, सांस्कृतिक महत्वका नदीको संरक्षण हुनुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले उत्तरबाहिनी, कमलामाई, पूर्वमा नदी किनारमा रहेका धार्मिक सम्पदाको संरक्षण गरेर मात्र जलविद्युत्, सिँचाइलगायत काम गरिने प्रतिबद्धता जनाए । उनले विद्युत्का विषयमा भएका समस्यालाई तत्काल, मध्यकाल र दीर्घकालीन रूपमा गरी तीन समूहमा वर्गीकरण गरी काम गर्न लागिएको स्पष्ट पारे ।

0 Comments