२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासन र समृद्धि रातारात सम्भव छैन’: सभापति ढकाल

अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् । 

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै सभापति ढकालले देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरे । उनले अहिलेको आवश्यकता एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताए । विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्दै उनले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिए । उनले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको र यो कार्यकालमा सबैभन्दा ठूलो विश्वास जनतामा पैदा हुने किसिमको बनाउनुपर्ने बताए । 

उनले भने, ‘प्रधानमन्त्रीज्यूले हिजो एक्लै भन्नुभएको छ क्यारे, एक्लै होइन, हामी हाम्रो यो हाम्रो कार्यकाल हाम्रो कार्यकालमा सबैभन्दा ठूलो चिज विश्वास जगाउनु पर्नेछ । एकैचोटी धनी भइँदैन । एकैचोटी देश धनी बन्दैन। एकैचोटी सुशासन आउँदैन । साउन सकिएर बर्सात सकिसके पछाडि त्यो कोसी गण्डकी कर्णाली सङ्लो हुनलाई असोज अन्तिम पुग्न पर्छ । बर्सात साउनमा सकियो साउनमा सकिएको बर्सात भदौमा सकिएको वर्षातलाई त्यो नदी सङ्लो हुन त कार्तिक कुर्नपर्छ असोज अन्तिम नै कुर्नपर्छ नि त । शुद्धाशुद्धि मिलाउ र छाटो बनाउ ।बर्सात सकिने बित्तिकै नदीहरू तत्कालै सङ्लो हुँदैनन् । साउन–भदौमा वर्षा सकिए पनि कोशी, गण्डकी र कर्णाली जस्ता ठूला नदीहरू सङ्लो हुन असोज अन्तिम वा कात्तिक नै कुर्नुपर्छ । देशको सुशासन र समृद्धिको यात्रा पनि यस्तै धैर्यताको माग गर्ने विषय हो । त्यो बाटो हिँड्दा ग्यासको लाइन देख्दा मलाई निकै पोल्छ । लामो समयदेखिको त्यो समस्या समाधान गर्न नसकेको यथार्थलाई हामीले स्वीकार गर्नुपर्छ । कतिपय ठाउँमा काम गर्न नसकिएको विषय लुकाउनु हुँदैन ।’

सभापति ढकालले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेको उल्लेख गरे। अहिलेको कार्यकालमा सरकार र सदन दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले विगतका सबै काम नराम्रा मात्र नभएको उल्लेख गर्दै राम्रा कामलाई निरन्तरता दिँदै कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको बताए । 

0 Comments