२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइन सट्टेबाजीको आरोपमा एक जना पक्राउ, दुई करोडभन्दा बढीको कारोबार 

अ+ अ-

काठमाडौँ। अनलाइन माध्यमबाट सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौँको भद्रकालीबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४१ वर्षीय प्रेम थापालाई साउन २३ गते साँझ करिब ५:३० बजे काठमाडौँ महानगरपालिका-११ भद्रकाली क्षेत्रबाट पक्राउ गरिएको हो।

शंकास्पद अवस्थामा रहेका थापालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट चार थान मोबाइल फोन र एक थान ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती उपकरणको जाँचका क्रममा ‘वानएक्सबेट’, ‘वानएक्सबेट पार्टनर्स’ र ‘मोबक्यास’  एप्लिकेसनमार्फत सट्टेबाजी गराएको विवरण फेला परेको छ। हालसम्म २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँ २ पैसाभन्दा बढीको कारोबार भएको देखिएको प्रहरीको दाबी छ।

प्रहरीले थापामाथि सट्टेबाजी गर्न वा गराउन नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाएका छन्।

0 Comments