२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवास विभागका पदाधिकारीलाई अन्य संस्थाको जिम्मेवारी नलिन रास्वपाको निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागले विदेशमा पार्टीको संगठनात्मक जिम्मेवारीमा रहेका व्यक्तिले गैरआवासीय नेपाली संघ (एनआरएनए) सहितका संस्थामा पदाधिकारी वा जिम्मेवार भूमिका लिन नहुने स्पष्ट पारेको छ।

विभागअन्तर्गत ३६ देशका प्रमुखहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत विदेशस्थित संगठनमा आबद्ध व्यक्तिको अन्य संघसंस्थामा रहेको भूमिकाबारे पार्टीको नीतिगत व्यवस्था सार्वजनिक गरिएको हो। विज्ञप्तिअनुसार प्रवास विभागको संगठनात्मक जिम्मेवारी सम्हालिरहेका व्यक्ति अन्य संस्थाको पदाधिकारी वा जिम्मेवार भूमिकामा संलग्न हुन पाउने छैनन्। त्यस्तो जिम्मेवारी लिएको अवस्थामा सम्बन्धित व्यक्ति प्रवास विभागको संगठनात्मक भूमिकामा कायम रहन नसक्ने व्यवस्था रहेको विभाग प्रमुखहरूले बताएका छन्।

यसैबीच, प्रवास नेपाली सम्पर्क विभागले वंशजका आधारमा प्राप्त हुने नागरिकतासम्बन्धी व्यवस्थामा आवश्यक कानुनी सुधार गर्नुपर्ने धारणा पनि अघि सारेको छ। त्यसका लागि नागरिकता ऐन, २०६३ मा आवश्यक संशोधन तथा परिमार्जन गर्नुपर्ने उनीहरूको माग छ।

विज्ञप्तिमा प्रवासी नेपालीसँग सम्बन्धित नागरिकताको विषयलाई कानुनी हैसियतमा मात्र सीमित नराखी नेपालसँगको दीर्घकालीन सम्बन्ध, लगानी, पहिचान, अधिकार तथा राष्ट्रिय समृद्धिसँग जोडिएको नीतिगत विषयका रूपमा सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रवास विभागका प्रमुखहरूले विदेशमा रहेका नेपालीको सरोकारलाई सम्बोधन गर्दा नागरिकता तथा संस्थागत भूमिकाका विषयमा स्पष्ट नीति र कानुनी व्यवस्थाको आवश्यकता रहेको जनाएका छन्।

0 Comments