२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलेश्वरमा स्रोत नखुलेको ७६ लाखभन्दा बढी रकमसहित फलफूल पसल सञ्चालक पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित फलफूल पसलबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको नेपाली तथा भारतीय मुद्रा बरामद भएपछि प्रहरीले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वर फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टरबाट स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको सूचनाका आधारमा साउन २६ गते दिउँसो संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी वृत्त कालीमाटी र काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको टोलीले पसल तथा त्यसका सञ्चालक बस्ने डेरा कोठामा समेत खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पर्साको छिपहरमाई गाउँपालिका-१ घर भई हाल कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह तुरहाको साथ तथा सम्बन्धित स्थानबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ७६ लाख २७ हजार ३ सय र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३ सय फेला परेको प्रहरीले जनाएको छ।

बरामद रकमसहित साहलाई नियन्त्रणमा लिएर हुण्डीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद रकमको स्रोत, कारोबारको प्रकृति तथा सम्भावित संलग्नताका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

0 Comments