२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थुनुवा-कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन ग्रहण गर्दै कार्यान्वयन गराउने भएको छ ।

समितिको आज भएको बैठकको निर्णयअनुसार विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन गर्न गठित उपमितिको प्रतिवेदनमाथि समितिका सदस्यबाट लिखित सुझाव माग गरी आगामी बैठकमा निर्णय गरिने जनाइएको छ । सांसद स्मृति सेन्चुरीको संयोजकत्वमा गठित उपसमितिले आज बैठकमा प्रतिवेदन पेस गरेकी छन् ।

प्रतिवेदनमाथि छलफल गर्ने र प्राप्त सुझावलाई समेत समेटी प्रतिवेदनलाई थप कार्यान्वयनयोग्य तथा व्यवहारिक बनाइने समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिइन्  ।

त्यस्तै, समितिमा प्राप्त भएका तथा थप उजुरीहरूको अध्ययन तथा विश्लेषण गरी समितिमा छलफल गर्नुपर्ने र नपर्ने विषयको वर्गीकरण गर्ने, सम्बन्धित सरोकारवाला पक्षलाई जानकारी दिनेसमेत उद्देश्यका साथ कार्य अघि बढाउने निर्णय भएको छ । यसका लागि समितिले ‘उजुरी अध्ययन तथा सिफारिस उपसमिति’ गठन गर्ने निर्णय गरेको हो । सात सदस्यीय उक्त उपसमितिको संयोजकमा सांसद मधुकुमार चौलागाईं रहका छन् । उपसमितिमा बलावती शर्मा, मनमाया विश्वकर्मा, रुविना आचार्य, सरस्वती लामा, सुष्मा स्वर्णकार (डिम्पल) र साजिदा खातुन सिद्धिकी सदस्य रहेका छन् ।

0 Comments