२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललिता निवास मुद्दामा माधव नेपाल र भट्टराईसहितसँग सर्वोच्चद्वारा लिखित जवाफ माग

अ+ अ-

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा अनियमित रूपमा व्यक्तिका नाममा कायम गरिएको भनिएको प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसहित सम्बन्धित निकायसँग लिखित जवाफ मागेको छ।

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेल सम्मिलित पूर्ण इजलासले बिहीबार यस्तो आदेश गरेको हो। आदेश वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सात वर्षअघि दायर गरेको रिट निवेदनसँग सम्बन्धित छ।

रिटमार्फत ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई तथा तत्कालीन मुख्यसचिव लिलामणि पौडेललाई प्रतिवादी नबनाएको विषयमा प्रश्न उठाइएको थियो।

आयोगले २०७६ जेठ २२ गते ललिता निवास जग्गा अनियमिततासम्बन्धी मुद्दामा १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर तत्कालीन दुई प्रधानमन्त्री र मुख्यसचिवलाई मुद्दामा समावेश नगरिएको भन्दै न्यौपानेले त्यसविरुद्ध रिट दायर गरेका थिए।

यसअघि पनि सर्वोच्चले उक्त विषयमा अख्तियारसँग कारण मागेको थियो। बिहीबारको आदेशमा भने पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँगै विशेष अदालत तथा महान्यायाधिवक्ताको कार्यालयलाई समेत उनीहरूलाई प्रतिवादी नबनाउनुपर्ने आधारबारे लिखित जवाफ पेस गर्न भनिएको रिट निवेदक न्यौपानेले बताएका छन्।

रिट निवेदकले अख्तियारले छानबिनका क्रममा व्यक्तिअनुसार फरक व्यवहार गरी कसैलाई उन्मुक्ति दिन नमिल्ने दाबी गर्दै आएका छन्। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा तत्कालीन प्रधानमन्त्रीस्तरबाट नीतिगत निर्णय भएको दाबीसमेत रिटमा गरिएको छ।

रिट दायर भएको लामो समय बितिसक्दा पनि यसको अन्तिम टुंगो लाग्न सकेको छैन। निवेदकले दुवै पूर्वप्रधानमन्त्री तथा पूर्वमुख्यसचिवलाई समेत मुद्दामा प्रतिवादी कायम गर्न अख्तियारलाई निर्देशन दिन अदालतसमक्ष माग गरेका छन्।

0 Comments