२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोको जोखिम बढेपछि मध्य पहाडी राजमार्गमा रात्रिकालीन यातायात बन्द

अ+ अ-

काठमाडौँ । लगातारको वर्षापछि पहिरोका कारण मध्य पहाडी राजमार्गका केही खण्डमा आवागमन प्रभावित भएपछि रुकुम पूर्व प्रशासनले रातिको समयमा उक्त सडकमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार साउन २८ गते दिउँसोदेखि परेको वर्षाका कारण जिल्लाभित्र पर्ने पुष्पलाल (मध्य पहाडी) राजमार्गको काँडाबगर, धौलापहिरालगायत क्षेत्रमा पहिरो खसेको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै थप क्षतिको जोखिमसमेत रहेको प्रशासनले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन वर्षा हुने सम्भावना कायमै रहेको जानकारी गराएपछि सडक सुरक्षालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले रातिको आवागमन रोक्ने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले जारी गरेको सूचनाअनुसार साउन २९ गते साँझ ७ बजेदेखि साउन ३० गते बिहान ७ बजेसम्म मध्य पहाडी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

प्रशासनले दिनको समयमा समेत यात्रा गर्नुअघि मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न सम्बन्धित यात्रु तथा सवारी चालकलाई अनुरोध गरिएको छ।

राजमार्गमा पहिरोको जोखिम कायमै रहेकाले तत्कालका लागि रात्रिकालीन आवागमन नियन्त्रण गरिएको प्रशासनले जनाएको छ।

0 Comments