३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

अ+ अ-

दाङ । यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु. ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट रु. ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व संकलन भएको हो ।

चालक अनुमति पत्रबाट रु. १० करोड ९५ लाख १६ हजार २९१, आयकरबाट रु. तीन करोड ६६ लाख २१ हजार ७५, बाँकी पटके कर, जाँच पासलगायत विभिन्न शीर्षकबाट संकलन भएको उनले बताए । सूचना अधिकारी शर्माका अनुसार कार्यालयले आव २०८१/८२ मा रु. ५४ करोड राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलना बितेको आर्थिक वर्षमा बढी राजस्व संकलन भएको हो ।

गत भदौमा भएको जेन जेड आन्दोलनका क्रममा सो कार्यालयमा गरिएको आगजनी तथा तोडफोडबाट कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै कागजपत्र जलेर नष्ट भएको थियो । त्यसपछि उक्त कार्यालयले जलेको भवनका दुई कोठा मर्मत गरी तत्काल सेवा प्रवाह गरेकाले राजस्व संकलन वृद्धि भएको कार्यालयका निमित्त प्रमुख केशव घिमिरेले बताए ।

उनका अनुसार यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ८८ हजार ७९  मोटरसाइकल, २५ हजार २०१ जीप, कार, बसलगायत चार पाङ्ग्रे गरी एक लाख १३ हजार ७७० सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालयले अहिले पनि सोही कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।

0 Comments