३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैन: नेता साउद

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनै पनि सुधार नगर्नु नभएको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधान एक जीवित राजनैतिक दस्ताबेज भएकाले अनुभवका आधारमा यसलाई परिमार्जन गर्न सकिने बताएका हुन् । नेता साउदले संविधानको कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक कठिनाइ, संस्थागत कमजोरी र राजनैतिक अनुभवका आधारमा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए । तर यस्तो सुधार वा संशोधन सत्ता समीकरण परिवर्तन गर्ने हतियार वा कुनै दलको तत्कालीन राजनैतिक स्वार्थ पूरा गर्ने माध्यम बन्न नहुने उनको तर्क छ । उनले नेपाली काँग्रेसले संविधानको रक्षा गर्दै आवश्यक सुधारको नीति लिनुपर्ने बताए ।

संविधानको मूल लोकतान्त्रिक चरित्र, संघीयता, गणतन्त्र, समावेशिता र मौलिक अधिकारलाई कमजोर नपारी समयअनुकूल परिमार्जन गर्ने बाटो अपनाउनुपर्ने उनको भनाइ छ । लोकतान्त्रिक प्रणालीको प्रभावकारिताका बारेमा चर्चा गर्दै नेता साउदले केवल संविधान र संस्थाको रक्षा गरेर मात्र लोकतन्त्र सफल नहुने उल्लेख गरे । 

उनले भने, ‘संविधानको रक्षा गर्नु भनेको संविधानमा कुनै सुधार गर्न नहुने भन्ने होइन । संविधान जीवित राजनीतिक दस्ताबेज भएकाले यसको कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक कठिनाइ, संस्थागत कमजोरी र राजनीतिक अनुभवका आधारमा आवश्यक सुधार गर्न सकिन्छ । तर संविधान संशोधन सत्ता समीकरण परिवर्तन गर्ने हतियार वा कुनै दलको तत्कालीन राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बन्नु हुँदैन । संविधान संशोधनका विषयमा व्यापक राजनीतिक संवाद, नागरिक समाज र विज्ञहरूको सहभागिता तथा प्रदेश र स्थानीय तहका दृष्टिकोणलाई समेट्दै समावेशिता, संघीयताको प्रभावकारिता र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राख्नुपर्छ । काँग्रेसले संविधानको मूल लोकतान्त्रिक चरित्र, संघीयता, गणतन्त्र, समावेशिता र मौलिक अधिकारलाई कमजोर नगरी समयानुकूल सुधारको नीति लिनुपर्छ । लोकतन्त्रको रक्षा संविधान र संस्थाको संरक्षणमा मात्र सीमित हुँदैन लोकतन्त्रले नागरिकलाई परिणाम पनि दिन सक्नुपर्छ । रोजगारी, सुरक्षा, न्याय, सेवा, अवसर र सम्मानको अनुभूति दिलाउन नसके लोकतान्त्रिक संस्थाप्रतिको नागरिक विश्वास कमजोर हुनसक्छ । त्यसैले काँग्रेसले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र नागरिक स्वतन्त्रतालाई एकीकृत राजनीतिक अवधारणाका रूपमा अघि बढाउनुपर्छ ।’

उनले अबको दिनमा काँग्रेसले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र नागरिक स्वतन्त्रतालाई एकीकृत राजनैतिक अवधारणाका रूपमा अगाडि बढाउनुपर्ने बताए । 

0 Comments