काठमाडौँ । सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.९९ अंकले घटेर २६४१.८३ विन्दुमा अडिएको हो।
७६ वटा स्क्रिप्सको २७ हजार ४४२ कित्ता सेयर १ करोड २० लाख ५३ हजार ४५३ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा ४३ वटाको घटेको छ ।
बाँकी ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।






